एसइईको नतिजा सार्वजनिक ५२ प्रतिशत परीक्षार्थी ननग्रेड

  ।   १४ असार २०८१, बिहीबार ११:४१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसइईको नतिजा आज बिहान सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड एनजीं ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । २ सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिनुभएको छ ।

Next Post

नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र पेश गरेर सेवा सुविधा लिन सकिने

१४ असार २०८१, बिहीबार ११:४१
काठमाडौं । सरकारले आगामी साउनदेखि नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेर सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र पेश गरेर लिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर पेश गरेर त्यस्तो सेवा सुविधा लिन सकिने जनाएको हो । राष्ट्रिय […]