खाँडाचक्रमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सुरु, समयमै सेवा लिन नगरप्रमुख शाहीको अनुरोध

  ।   ३१ श्रावण २०८२, शनिबार ०८:५२

कालिकोट । खाँडाचक्र नगरपालिका मा २०८२ साउन ३० गतेदेखि सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नाम नवीकरण तथा लाभग्राही सूचिकरण कार्य बायोमेट्रिक प्रणालीमार्फत सुरु भएको छ।

यस अभियानअन्तर्गत वृद्धभत्ता, विधवा भत्ता, अपाङ्गता भत्ताबालबालिका भत्ता लगायतका सामाजिक सुरक्षा योजना अन्तर्गत रहेका सम्पूर्ण लाभग्राहीहरूको विवरण अद्यावधिक गरिनेछ। बायोमेट्रिक सूचिकरणमार्फत लाभग्राहीको औँठाछाप, फोटो तथा व्यक्तिगत विवरण संकलन गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीले पुरानो परिचयपत्र र आवश्यक कागजातसहित निर्धारित मितिमा उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ।

नगरप्रमुख कमल बहादुर शाहीले नगरबासीलाई यो अनिवार्य भएकोले  कोही पनि नछुटोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटाका वडा अध्यक्ष, वडा सचिव र पञ्जिकरण शाखा प्रमुख र सम्पूर्ण कर्मचारीलाई मुस्कानसहित सेवा दिन निर्देशन दिएका छन्। उनले भने, “यो सेवा नगरबासी सबैका लागि हो। हामी विकास र सुशासनलाई सँगसँगै अगाडि बढाउँदैछौँ। सामाजिक सुरक्षा योजनामा कुनै पनि नगरबासी वञ्चित नहोउन् भन्ने हाम्रो प्राथमिकता हो। नगरपालिकाको विकासमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पूर्वाधार विस्तारसँगै प्रविधिमैत्री सेवा प्रणालीलाई सुदृढ बनाउँदै छौँ। सबै वडामा सहज र छरितो ढङ्गले सेवा उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ, लाभग्राही स्वयं पनि समयमा उपस्थित भई सेवा लिन अनुरोध गर्दछु।”

नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख कलम बहादुर शाहिका अनुसार, आवश्यक उपकरण ढिलो प्राप्त भएकाले सुरुमा कार्य सुरु हुन केही समय लागेको हो। “२२ गते उपकरण आइसकेपछि सक्रिय वडा सचिव रहेका वडाहरूमा तत्काल काम सुरु भएको हो । बाँकी वडाहरूमा भदौ १ गतेदेखि कार्य विस्तार गरिएको छ। साथै, जिल्ला बाहिर रहेका लाभग्राहीहरूको लागि सुर्खेतमा विशेष शिविर सञ्चालन भई नवीकरणको काम सुरु केही समय पछि हुने छ,” नवीकरण अनिवार्य गर्न शाहिले जानकारी दिए।

वडा नं. ०३ का वडा अध्यक्ष दधिराम पाण्डेले सम्पूर्ण वडा–बासीलाई निर्धारित मितिमा आवश्यक कागजातसहित उपस्थित भई आफ्नो विवरण अद्यावधिक गराउन अनुरोध गर्दै, यो सूचिकरणले सामाजिक सुरक्षा भत्ता प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले यो अभियान भाद्र मसान्तभित्र सम्पूर्ण नगरक्षेत्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

Next Post

कर्णालीमा श्रीकृष्ण रथयात्रा र लाखेनाच प्रतियोगिता

३१ श्रावण २०८२, शनिबार ०८:५२
सुर्खेत। वैदिक सनातन धर्म सेवा समितिको आयोजनामा कर्णाली प्रदेशस्तरीय श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता हुने भएको छ। नेपाली कला, संस्कृति, धर्म र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित ढंगले सम्पन्न गर्दै धार्मिक पर्यटनलाई पनि प्रोत्साहन गर्ने तयारी भइरहेको समितिले जनाएको छ। समितिका […]

सम्बन्धित शीर्षक