सुर्खेत । सुर्खेत महिला जेसीज वर्ष २०२६ को आयोजनामा सप्ताहव्यापी कार्यक्रम उद्घाटन तथा तुलसी स्मृति वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ। कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षता तथा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कर्णाली जेसीज संस्थापक अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी अनिल बहादुर शाही सुर्खेत महिला जेसीज वर्ष २०१० की अध्यक्ष एवं २०१४ की राष्ट्रिय उपाध्यक्ष तथा संस्थापक अध्यक्ष जेसी सीमा चन्द, संस्थापक महासचिव एवं सुर्खेत महिला जेसीज वर्ष २०१३ की अध्यक्ष जेसी ज्योति कार्की पौडेल तथा विशेष अतिथिका रूपमा सुर्खेत महिला जेसीज वर्ष २०२३ की अध्यक्ष एवं २०२४ की राष्ट्रिय उपाध्यक्ष जेसी सीता भण्डारीको आतिथ्यता भएको हो ।
कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरका सामुदायिक तथा निजी विद्यालयका २५ वटा विद्यालयबाट छात्राहरूले तुलसी स्मृति वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएका हुन। प्रतियोगितामार्फत विद्यार्थीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा वक्तृत्वकलाको क्षमता विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
त्यसैगरी कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय तथा जेसिज शाखाबाट अतिथिज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको हो। साथै सुर्खेत महिला जेसीज शाखाका पदाधिकारी, शिक्षक–शिक्षिकाहरु, छात्राछात्राहरू तथा बोर्ड पदाधिकारीजरु समेत सक्रिय सहभागिता रहेको हो ।
यसैबीच, जेसीआई सप्ताह २०२६ अन्तर्गत भोलि जेठ १६ गते बिहान ७ बजे मंगलगढीचोक, सुर्खेतमा रक्तदान कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ।






