बाघको त्रासले गाउँ आक्रान्त: दैलेखमा एकै रातमा ६ खसीबाख्रा सिकार

  ।   १३ श्रावण २०८२, मंगलवार १०:५९
tiger attack

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ नाउला गाउँमा शनिबार राति भएको बाघको आक्रमणले एक कृषकको गोठमा रहेका ६ वटा खसीबाख्राको ज्यान गएको छ।

स्थानीय ६९ वर्षीया मैना बोहराको खोरमा पसेर बाघले चार वटा बाख्रा र दुई वटा खसी मारिदिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालका अनुसार पशुहरूमार्फत किसानलाई लाखौं रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। बाघले साँझपख खोरमै पसेर पशुहरूलाई मारिदिएपछि गाउँभरि त्रास फैलिएको छ। स्थानीयवासीहरूका अनुसार घटनापछि साँझपख घर बाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएको छ।

पीडित किसानसहित गाउँलेहरू आफ्नो मेहनतले हुर्काएका पशु एकैचोटि गुमाउँदा मानसिक रूपमा आहत भएका छन्।

वन क्षेत्रमा टाँसिएका बस्तीहरूमा बाघलगायतका वन्यजन्तुको आक्रमण बढ्दो देखिएको भन्दै स्थानीयहरूले सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्। उनीहरूको भनाइमा, वन्यजन्तुको आक्रोश बढ्नु र मानव बस्तीमा प्रवेश गर्नुले ग्रामीण जनजीवन असुरक्षित बन्दै गएको छ।

हालसम्म मानवीय क्षति भने नभए पनि बाघको गतिविधि निरन्तर बढेमा अझ गम्भीर संकट उत्पन्न हुने स्थानीयको चिन्ता छ।

 

Next Post

भेरी नदीको बीचमा अलपत्र परेका चार जनाको सकुशल उद्धार

१३ श्रावण २०८२, मंगलवार १०:५९
सुर्खेत । डोल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बीच भागमा फसेका चार जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएका व्यक्तिहरू त्रिपुरासुन्दरी नगरपालिका–६ पालुङ निवासी ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा रहेको सशस्त्र प्रहरी बलले […]