सुर्खेत । घण्टाघरमा प्रत्येक महिनाको १ र १५ गते सञ्चालन हुँदै आएको देउडा कार्यक्रमको नेतृत्व गर्दै आएको भेरी–कर्णाली लोकसांस्कृतिक जागरण मञ्चको साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
साधारणसभाले अध्यक्षमा बलिराज देवकोटा, उपाध्यक्षमा यमलाल जैसी र दिलमाया वस्याल, सचिवमा भगवती देवकोटा तथा कोषाध्यक्षमा राधा आचार्य सहित पदाधिकारी चयन गरेको हो।
नयाँ कार्यसमितिले देउडा संस्कृतिको संरक्षणसँगै लुकेका प्रतिभालाई बाहिर ल्याउन र कर्णालीको मौलिक लोकसंस्कृतिलाई थप प्रभावकारी रूपमा अघि बढाउने मद गरिएको छ।






