सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया एक किशोरी मृत अवस्थामा फेला परेपछि बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चारै जना वीरेन्द्रनगर क्षेत्रका १८ वर्षमुनिका किशोर रहेका छन्।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा विक हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
स्थानीयले फेला पारेपछि उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। तर चिकित्सकले अस्पताल पुगेको केही समयमै उनलाई मृत घोषणा गरेका थिए।
मृतक इनिसा विक वीरेन्द्रनगरस्थित उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। घटनापछि उनका आफन्तले उनीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाका अनुसार घटनाको दिन फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि थप अनुसन्धान गर्दै फागुन २४ गते अन्य तीन जनालाई पनि पक्राउ गरिएको उनले जानकारी दिए।
प्रहरीले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पो







