विपदबाट देशभर १० जनाको मृत्यु ९ जना घाइते ६ जना बेपत्ता

  ।   १३ असार २०८१, बुधबार १४:४०
फाईल फोटो
फाईल फोटो

काठमाडौँ । देशभर मनसुन फैलिएसँगै बाढी पहिरोजस्ता विपदका घटना भएका छन्। मनसुन देशैभर फैलिएपछि पछिल्लो २४ घण्टामा केही ठाउँमा भारीवर्षा भएको छ। सुदूरपश्चिम, कर्णालि, गण्डकी, बागमती र मधेसका केही ठाउँमा वर्षा भइरहेको छ।

चट्याङ, बाढी, पहिरो र आगलागीका घटनाले मानवीय तथा भौतिक भएको छ। विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४४ वटा विपदका घटना भए। यो विवरण मंगलबार बिहान ९ बजेदेखि बुधबार बिहान ९ बजेसम्मको विवरण हो।

विपदबाट देशभर १० जनाको मृत्यु भएको छ। ९ जना घाइते र ६ जना बेपत्ता छन्। विभिन्‍न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ। देशभर आगलागीका चार वटा घटना भएका छन्। यसबाट मानवीय क्षति भएको छैन। एउटा घरमा भने क्षति पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन्। तीन जना घाइते र चार जना बेपत्ता छन्।

त्यसैगरी चट्याङले पनि मानवीय क्षति पुर्‍याएको छ। देशभर चट्याङका १३ वटा घटना भएको एसएसपी विश्व अधिकारीको भनाइ छ। चट्याङकै कारण ५ जनाको मृत्‍यु भएको छ। ५ जना मानिस घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन्। त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्।

 

Next Post

एसइईको नतिजा सार्वजनिक ५२ प्रतिशत परीक्षार्थी ननग्रेड

१३ असार २०८१, बुधबार १४:४०
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसइईको नतिजा आज बिहान सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका […]