प्रचण्ड–माधव नेपालको उपस्थितिमा सिंहद्वारा लिखित `जनयुद्धको यात्रा’ पुस्तक विमोचन

  ।   २६ मंसिर २०८२, शुक्रबार १८:३७

सुर्खेत । जनयुद्धका प्रत्यक्ष साक्षी तथा कालिकोट महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहद्वारा लिखित पुस्तक ‘जनयुद्धको यात्रा – घटना र अनुभूति’ मङ्सिर २८ गते एक भव्य समारोहका बीच सार्वजनिक हुने भएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।

दुई पूर्वप्रधानमन्त्रीको उपस्थिति रहने जानकारी बाहिर आएपछि कर्णाली प्रदेश भरिका र कालिकोटको राजनीतिक, सामाजिक तथा बौद्धिक क्षेत्र पुस्तकबारे विशेष चासोका साथ उत्साहित बनेको छ।

लेखक सिंहले जनयुद्धको मैदानमा प्रत्यक्ष अनुभूत गरेका घटनाक्रम, कम ज्ञात प्रसंग, राजनीतिक निर्णयका पृष्ठभूमि र संघर्षका संवेदनशील क्षणहरू पुस्तकमा समेटेका छन्। पुस्तक समसामयिक राजनीति, द्वन्द्व–अध्ययन र इतिहास अनुसन्धानमा रुचि राख्नेहरूसमेतका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ।

विमोचन कार्यक्रमपूर्व अध्यक्ष सिंहले दिपज्योती खबरसँग आफ्नो मनोभाव  व्यक्त गर्दै भने —“जनयुद्ध केवल राजनीतिक आन्दोलन मात्र थिएन, यो हजारौँ परिवारका आँसु, आशा र बलिदानसँग जोडिएको मानवीय इतिहास हो। मैले देखेको र भोगेको पीडा–अनुभूति पुस्ताले बिर्सिन नदिन यस पुस्तकलाई रुप दिइएको हो। व्यस्त राजनीतिक जिम्मेवारीबीच पनि लेखन कार्य पूरा गर्न पाउँदा म सबै पाठक तथा शुभेच्छुकहरूप्रति कृतज्ञ छु।”

पुस्तक टिममा लेखक : खेमबहादुर सिंह , सङ्कलक : पूर्णसिंह बम, सम्पादक : लक्ष्मण सिंह र खुमबहादुर खड्का रहेका छन ।

येस्तै पुस्तक  प्रकाशक : पलाता सन्देश मल्टी प्रपोज प्रा.लि. ले गरेको छ ।

स्थानीयदेखि राष्ट्रिय तहका राजनीतिक विश्लेषक, बुद्धिजीवी, साहित्यप्रेमी तथा जनयुद्ध अध्ययनशील शोधकर्ताहरूको व्यापक उपस्थिति रहने अनुमान गरिएको सो समारोहले पुस्तकको ऐतिहासिक तथा राजनीतिक मूल्य अझ उचो बनाउने अपेक्षा गरिएको छ।

Next Post

ताडीका युवा कांग्रेस–एमाले छाड्दै रास्ववामा ३३ युवा प्रवेश

२६ मंसिर २०८२, शुक्रबार १८:३७
कालीकोट । खाँडाचक्र नगरपालिका–३ ताडीमा परम्परागत ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले कमजोर हुँदै गएपछि युवाहरूको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ तीव्र रूपमा बढेको देखिएको छ। स्थानीय राजनीतिक वृत्तमा यस क्षेत्रको शक्ति सन्तुलन तीव्र गतिमा परिवर्तन भइरहेको विश्लेषण गरिएको छ। ताडी क्षेत्रमा कांग्रेस र एमालेका सक्रिय सदस्य रहेका […]

सम्बन्धित शीर्षक