शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न एकीकृत समाजवादी कालिकोटको आग्रह

  ।   ७ बैशाख २०८२, आईतवार २१:३३

कालिकोट । नेकपा (एकीकृत समाजवादी)पार्टी कालिकोटले निर्णायक वार्ता गरि शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

पार्टीका तर्फबाट अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित शनीवार जारी प्रेस विज्ञप्तीमा २०२८ सालदेखि लागू शिक्षा ऐन तत्काल खारेज गर्न समेत माग गरिएको छ ।

सो विज्ञप्तीमा सरकार सामाुदायीक बिधालय शिक्षालाई ध्वस्त गर्न उद्धत रहेको आरोपका साथै शिक्षकका माग सम्बोधन गर्न शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापालाई भेट गरेर ध्यानाकर्षण गरिएको समेत उल्लेख गरिएको छ ।

Next Post

कालिकोट जिल्लाको छैटौं जिल्ला सभा उद्घाटन

७ बैशाख २०८२, आईतवार २१:३३
कालिकोट । कालिकोट जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा उद्घाटन भएको छ । प्रदेश सदस्य मानवीय हिक्मत बहादुर बिष्ट द्वारा ब्यानर तथा पानसमा बत्ती बालेर उद्घाटन भएको हो । जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहिको सभा अध्यक्षतामा र प्रदेश सभा सदस्य मानवीय हिक्मत बहादुर बिष्टको प्रमुख आथित्यतामा संविधान सभा […]