कालिकोट जिल्लाको छैटौं जिल्ला सभा उद्घाटन

  ।   ८ बैशाख २०८२, सोमबार १२:५८

कालिकोट । कालिकोट जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा उद्घाटन भएको छ । प्रदेश सदस्य मानवीय हिक्मत बहादुर बिष्ट द्वारा ब्यानर तथा पानसमा बत्ती बालेर उद्घाटन भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहिको सभा अध्यक्षतामा र प्रदेश सभा सदस्य मानवीय हिक्मत बहादुर बिष्टको प्रमुख आथित्यतामा संविधान सभा सदस्य तुलराज बिष्टको विशेष आथित्यताम समन्वय उपप्रमुख तथा सदस्यहरू ,कालिकोटका नौ वटा स्थानीय तह ३ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र सात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहभागी र जिल्लाका सरकारि तथा गैर सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिको उपस्थितमा संचालक भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्लामा रहेका स्थानीय तह र सरकारी तथा गैर सरकारी कार्यलयमा मुख्य समस्या र समाधानका विषयमा वर्षमा गरेका गतिबिधी तथा आगामी नीति कार्यक्रमका बारे छलफल गरिने बताइएको छ ।

Next Post

कर्णाली पारी हरेक वर्ष यस्तो घटना दोहोरिन्छन : ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु

८ बैशाख २०८२, सोमबार १२:५८
कालिकोट। कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी साधन खिनको छलाहा पुग्ने प्रयासमा थियो। तर, गन्तव्यमा पुग्न अब सकिने छैन भन्ने कसैले सोचेका थिएनन्। राति लगभग १२:०५ बजे प्रहरी नायब उपरीक्षक (डिएसपी) […]