सात सय केजी फूल उत्पादन गरेर करिब दुई लाख रुपैयाँ आम्दानी

  ।   १२ कार्तिक २०८१, सोमबार १५:४१

कालिकोट । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाए फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।’

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’ यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान उनले गरेका छन् ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीन जनालाई रोजगारसमेत दिएका छन् । उनले भनेयो, ‘तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।’

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना चिकित्सकलाई छात्रवृत्तिमा अध्ययन गराउने

१२ कार्तिक २०८१, सोमबार १५:४१
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डक्टर फर नेपाल (डिएफएन) ले चार जना चिकित्सकलाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक अध्ययन गराउने भएको छ । विशेषज्ञ चिकित्सक उत्तीर्ण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खटाएको स्थानमा कम्तिमा ३ वर्ष काम गर्ने सर्तमा चिकित्सकहरुलाई निशुल्क विशेषज्ञ चिकित्सा पढाउन सुरु गरेको हो । प्रतिष्ठान र […]