दैलेख । भिरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। दैलेख जिल्लाको नौमूले गाउँपालिका – ६ भलयाडाडा महेन्द्र मल्लको जेठी छोरी वर्ष १३ की प्रमिला मल्लको बिरैटा सामुदायिक बनमा सोमबार बिहान बाख्रा चराउन जादा भिरबाट लडेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय नौमुलेको टोली र स्थानीयहरू घटना घटेको थाहा भएपछि घटनास्थल पुगेका थिए । सोही दिन शव फेला नपर्दा टोली फर्किएको र पुनः मङ्गलबार शव खोजी गर्दा ३ सय मिटर तल खोल्सामा शव फेला परेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ।
शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा लगिएको इलाका प्रहरी कार्यालय नौमुलेका इन्चार्ज रेवन्त बोहोराले जानकारी दिए। प्रमिला शिवशक्ति माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत हुन् ।