वन व्यवस्थापन प्रभावकारी बनाउन मन्त्री खड्काको निर्देशन

  ।   १ आश्विन २०८३, बिहीबार १७:१२

सुर्खेत । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का र मन्त्रालयका सचिव अजितकुमार कर्णले डिभिजन वन कार्यालय सुर्खेतको अनुगमन तथा निरीक्षण गर्दै वन संरक्षण, राजस्व वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभएको छ।

अनुगमनका क्रममा मन्त्री खड्काले डिभिजन वन कार्यालय सुर्खेतअन्तर्गतका ६ वटै सब–डिभिजन वन कार्यालयमा वन सुरक्षा तथा संरक्षणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभयो। वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसँगै नियमित अनुगमन र निगरानी बढाउन उहाँले जोड दिनुभयो।

उहाँले वन स्रोतको व्यवस्थित उपयोगमार्फत प्रदेशको राजस्व बढाउन र वनमा आधारित उद्यम तथा रोजगारीका अवसर सिर्जना गरी बेरोजगारी न्यूनीकरणमा योगदान गर्न कार्यालयलाई निर्देशन दिनुभयो।

कर्णाली प्रदेशका १० वटै डिभिजन वन कार्यालयमा दिगो वन व्यवस्थापनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाइने मन्त्री खड्काले बताउनुभयो।

वनको संरक्षणसँगै वैज्ञानिक, दिगो र बहुआयामिक व्यवस्थापनमार्फत स्थानीय समुदायको आयआर्जन र जीवनस्तर सुधार गर्न सकिने उहाँको भनाइ थियो। वन स्रोतलाई प्रदेशको आर्थिक विकास र समृद्धिसँग जोडेर अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

Next Post

संविधान दिवस मनाउन कर्णालीमा व्यापक तयारी, असोज ३ र ४ गते विविध कार्यक्रम

१ आश्विन २०८३, बिहीबार १७:१२
सुर्खेत । संविधान दिवस २०८३ लाई भव्य तथा जनसहभागितामूलक रूपमा मनाउन कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रभातफेरी, वृक्षारोपण, दीप प्रज्वलनलगायतका कार्यक्रम गरिनेछ भने कर्णालीका सबै जिल्लामा विविध कार्यक्रम सञ्चालन गरिने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले […]