सल्यानमा चालु आर्थिक वर्षमा मात्र सात वटा झोलुङ्गे पुल निर्माण हुदैँ

  ।   २३ माघ २०८१, बुधबार १५:०८
झोलुङ्गे पुल

सल्यान । सल्यानमा पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । विभिन्न खोलामा चालु आर्थिक वर्षमा मात्र सात वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमार्फत कार्यान्वयन हुने गरी झोलुङ्गे पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले एक करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

वनगाढ कुपिन्डे नगरपालिकामा तीन, बागचौर नगरपालिकामा एक, कालीमाटी गाउँपालिकामा दुई र त्रिवेणी गाउँपालिकामा एउटा पुल निर्माण गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाका अनुसार वनगाढ कुपिन्डे नगरपालिका–५ मा राउचे सेरा शङ्खपिल, बालुवासङ्ग्रहीखोलामा गहरा स्कुलदेखि गैरीकटेरी जोड्ने पुल तथा वडा नं. ६ मा चुकेपाखा मानडाँडा भलाखर्कमा पुल निर्माण गरिने छ ।

बागचौर नगरपालिका–३ मा पर्ने थारचौर, कालीमाटी गाउँपालिका–७ को घुइयाँबारी–गँगटे जोड्ने पुल र वडा नं. ४ मा खारखोला–ठाकुर जोड्ने पुल, त्रिवेणी गाउँपालिकामा खारेबास–राङ्सी जोड्ने झोलुङ्गे पुल निर्माण गरिने छ ।

Next Post

हुम्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि आवेदन दिनेको सङ्ख्या बढ्दै

२३ माघ २०८१, बुधबार १५:०८
हुम्ला । हुम्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन बुझाएका छन् । आठ हजारभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका हुन् । पहिचान र आवश्यक कामका लागि राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएपछि परिचयपत्र लिन आवेदन दिनेको सङ्ख्या बढ्दै गएको हो । अहिलेसम्म आठ हजार ५७६ जनाले […]