हुम्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि आवेदन दिनेको सङ्ख्या बढ्दै

  ।   २३ माघ २०८१, बुधबार १५:३१

हुम्ला । हुम्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन बुझाएका छन् । आठ हजारभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका हुन् । पहिचान र आवश्यक कामका लागि राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएपछि परिचयपत्र लिन आवेदन दिनेको सङ्ख्या बढ्दै गएको हो ।

अहिलेसम्म आठ हजार ५७६ जनाले राष्ट्रिय परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन बुझाएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताएका छन् । उनका अनुसार आवेदन दिएकामध्ये दुई हजार ३५० जनाको परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको र आएका कार्डमध्ये ७१८ परिचयपत्र सम्बन्धित व्यक्तिले बुझेर लिइसकेका छन् । हाल कार्यालयमा एक हजार ६३२ कार्डसम्बन्धी सेवाग्राहीले लिन बाँकी छ ।

प्रजिअ पाण्डेयले कार्यालयमा आएका तर लिन बाँकी परिचयपत्र कार्यालयमा आएर लिन आग्रहसमेत गर्नुभयो । राष्ट्रिय परिचयपत्र नम्बर भए पुग्ने हुँदा सेवाग्राहीलाई परिचयपत्र लिन खासै रुचिसमेत नदेखिएको उनको भनाइ छ । हुम्ला जिल्लाका ग्रामीण बस्तीबाट सदरमुकाम सिमकोट आइपुग्न दुई दिनसम्म लाग्ने भएका कारण पनि परिचयपत्र लिन आउन सेवाग्राहीले चासो नदिएका हुन् ।

राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य २०७५ सालबाट सुरु भएको हो । परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्तिगत विवरण भरेको एक वर्षदेखि साढे दुई वर्षको अवधिमा विवरण भरेको कार्यालयमा आइपुग्ने गरेको छ । यो परिचयपत्र लिनका लागि अन्य जिल्लाबाट पनि भर्न सकिने भएका कारण हुम्ला जिल्लाका सेवाग्राहीले अन्यत्रबाट पनि लिने गरेका छन् । जुन जिल्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि विवरण भरेको हो, सोही जिल्लामा परिचयपत्र उपलब्ध हुने गरेको छ । हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजारभन्दा बढी छ ।

Next Post

कर्णालीका मन्त्री शाह सवार हेलिकप्टर ल्याण्ड गर्दाकोे भिडियो भाइरल

२३ माघ २०८१, बुधबार १५:३१
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह सवार हेलिकप्टर ल्याण्ड गर्न खोज्दा अत्याधिक धुलो उडेका कारण मान्छेहरुको भागभाग भएको छ । जाजरकोट छेडागाड नगरपालिका- ३ जन प्रिय माध्यमिक विद्यालयमा मन्त्री शाह सवार हेलिकप्टर अत्याधिक धुलो उडेका कारण ल्याण्ड गर्न नसक्दा दोस्रो ठाउँमा ल्याण्ड गरिएको थियो […]