सुर्खेत। पछिल्लो तीन वर्षमा जुम्लामा ९१ सवारीसाधन दुर्घटनाबाट २८ जनाको मृत्यु भएको छ । सवारीसाधन दुर्घटना हुँदा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका थिए।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८र७९ मा ३१, आव २०७९र८० मा २५ तथा आव २०८०र८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार बस, १६ जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए ।
तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ ।