सिमकोटमा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

  ।   २४ श्रावण २०८१, बिहीबार १७:००

हुम्ला । हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोबिन्द लामाका अनुसार गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

लगतार वर्षा भइरहेको कारण नेपालगंजबाट हुने हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगंजका लागि उड्ने यात्रुहरु मर्कामा परेका छन् ।

हवाई सेवा अवरुद्ध भएपछि उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जाने विधार्थी, बिरामी, कर्मचारीहरु बढी प्रभावित भएका छन् । पैदल मार्गको सडक पनि ठाउँठाउँमा अवरुद्ध भएको कारण पैदल मार्गबाट पनि आउजाउ सम्भव छैन ।

हाल नेपालगंजबाट सिमकोटका लागि समिट, सीता, तारा र नेपाल एयरलाईन्सका जहाजहरुले उडान भर्ने गरेका छन् । खराव मौसमकै कारण हवाई सेवा अवरुद्ध हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ ।

Next Post

जापानमा ७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

२४ श्रावण २०८१, बिहीबार १७:००
काठमाडौँ । जापानमा ७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस ) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ । जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको […]