सुर्खेतको ओली स्टोर्स गोदाममा आगलागी पेय पदार्थलगायतका खुद्रा, खाद्यान्न वस्तु जलेर नष्ट

  ।   २६ बैशाख २०८२, शुक्रबार १०:३२

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ ।

राति १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका खुद्रा, खाद्यान्न वस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

Next Post

सुर्खेतमा ट्रकको ठक्करबाट एक जना महिला गम्भीर घाइते

२६ बैशाख २०८२, शुक्रबार १०:३२
सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकमा ट्रकको ठक्करबाट एक जना महिला गम्भीर घाइते भएकी छन् । भैरवी गाउँपालिका–७ वोर्ती दैलेख घर भएकी ७५ वर्षीय जैशीलाई भे १ ख १९६३ नम्बरको ट्रकले ठक्कर दिएको हो । कर्णाली राजमार्गको मुलपानी–बाँगेशीमल खण्डको मुलपानीदेखि पश्चिममा जेब्रोक्रसमा बाटो काट्ने बेला ट्रकले ठक्कर दिँदा दैलेखकी तुलसी जैशी […]