दैलेख । आठबीस नगरपालीका —५ पिपलकोटका पहिरो पिडितलाई राहत बितरण गरीएको छ । महिला सशक्तिकरण मञ्च नेपालको अगुवाइ तथा टेवा धापाखेलको आर्थिक सहयोगमा आईतबार बाडिपहिरोबाट क्षेती भएका दश घरपरिवारलाई राहत स्वरुप चामल,दाल,लत्ताकपडा वितरण गरीएको हो ।
महिला सशक्तिकरण मञ्च नेपालका अनुगमन अधिकृत अविलाल जैसीका अनुसार भाद्र १२ गते आएको वर्षातले क्षेती गरेका ६ घरबार विहिन परिवार तथा ४ विपन्न परिवारलाई राहत बितरण गरिएको बताउनुभयो । उनका अनुसार संस्थाले कार्यक्रम लागु गरेको जिल्ला सुर्खेत,जाजरकोट,दैलेख र कालीकोटका पहिरो प्रभावितलाई राहत र सहयोग बितरण गर्ने गरेको उनको भनाई छ ।
महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्द तथा आठबीस नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष बजिरसिंह वि.कले वाडी पहिरो पिडितलाई खिड्कीज्यूला पुगेर राहत बितरण गरेका छन् ।
पहिरोबाट प्रभावित एकल महिला हैतना वि।कले नगरपालीकाले कुनै सहयोग नगरेको बताइन्,। उनले भनिन् ‘जनता आवास कार्यक्रमबाट पाएको एउटा घर समेत पहिरोले बगाउँदा हामी छिमेकीको घरमा बस्न बाध्य छौं । ’ खाने बस्ने कुनै ठेगान नभएको बेला यो राहतले परिवारलाई धेरै सहयो भएको बताइन् । उनी जस्तै पिडितले राहत पाउदा खुसी ब्यक्त गरेका छन् ।