योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने : मन्त्री भण्डारी

  ।   ६ कार्तिक २०८१, मंगलवार १४:५६
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी फाईल फोटो

दैलेख । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताएका छन्। लोकवार्ता परिषद नेपाल द्वारा आयोजित १३ औं सङ्गोष्ठी अन्तर्गत दुल्लु नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले योगी नरहरिनाथ लाई राष्ट्रिय विभूती घोषणा गरिनुपर्छ भन्ने अभियान चलाउनुपर्ने बताउनुभयो।

योगी नरहरिनाथले लोकसाहित्य र जडीबुटीको खोजीमा गरेको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने र कर्णालीमा गरिने सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रलाई प्रकाशनमा ल्याई इतिहासको प्रचार गर्न  धारणा राखेका हुन। उनले ‘जुम्ला हाट दुल्लु विराट’ भन्ने युक्तिका बारेमा खोजी र लेखमा जीवन्त दिन आग्रह गरे। लोकवार्ता परिषदका अध्यक्ष कर्णालीको कला, संस्कृति, सभ्यता र परम्परालाई अक्षरमा उतार्दै जीवन्तता दिने अभियानका रूपमा सङ्गोष्ठी अभियान गरिएको जानकारी दिए।

नगरप्रमुख भरत रिजालले लोक साहित्यको क्षेत्रमा दुल्लुको योगदान भएपनि विद्वान व्यक्तिहरूबाट दुल्लुको इतिहास लेख्ने क्रममा अन्याय गरिएको बताए। यहां लोक संस्कृतिको जगेर्ना गर्न नगरपालिका तयार रहेको र त्यसका लागि उपयुक्त सुझाव दिन आग्रह गरे।

साथै, कार्यक्रमको अवसरमा ‘रूप्श्या शाहीको नासो’ खडकाव्यका लेखक बद्री प्रसाद लम्साल, ‘दैलेखी लोक साहित्य’ का लेखक नारायण प्रसाद तिमिल्सिना, लोकगायक तेजबहादुर हमाल र पुष्कर कविता साहित्यिक संस्थाका गणेश प्रसाद उपाध्यायलाई सम्मान गरिएको छ।

Next Post

कर्णालीका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा

६ कार्तिक २०८१, मंगलवार १४:५६
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ […]