मन्त्री नियुक्तिप्रति कल्याणी खड्काद्वारा धन्यवाद ज्ञापन

  ।   १३ भाद्र २०८३, शनिबार १५:१०

सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मन्त्री कल्याणी खड्काले धन्यवाद ज्ञापन गरेकी छन्।

मन्त्री खड्काले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा कर्णाली प्रदेश सरकार तथा केन्द्रीय पार्टी नेतृत्वप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरेकी हुन्।

धन्यवाद ज्ञापन पत्रमार्फत उनले आफ्नो सफलताको श्रेय आमा–बुवालाई दिँदै उहाँहरूको संस्कार, माया र प्रेरणाले आफूलाई यो स्थानसम्म ल्याएको उल्लेख गरेकी छन्। साथै, आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने केन्द्रीय नेतृत्वप्रति पनि उनले आभार व्यक्त गरेकी छन्।

मन्त्री खड्काले प्राप्त जिम्मेवारीलाई इमान्दारिता, पारदर्शिता र निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उद्योगको विकास, वन तथा वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै कर्णालीमा रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा योगदान गर्ने उनको भनाइ छ।

उनले अवसर प्रदान गर्ने पार्टी नेतृत्व, मार्गदर्शन गर्ने सहकर्मी, निरन्तर साथ दिने आम कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति समेत हृदयदेखि धन्यवाद व्यक्त गरेकी छन्।

मन्त्री खड्काले जारी गरेको धन्यवाद ज्ञापन पत्रमा भनिएको छ, “यो जिम्मेवारीलाई इमान्दारिता, पारदर्शिता र निष्ठाका साथ निर्वाह गर्दै उद्योगको विकास, वन संरक्षण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नेछु।”

Next Post

रसुवा बाढीपछि कालीकोटका ६ नागरिक सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि समन्वय तीव्र

१३ भाद्र २०८३, शनिबार १५:१०
कालीकोट । रसुवा लगायतका जिल्लामा २०८३ भदौ १० गते बिहान आएको विनाशकारी बाढीका कारण कालीकोट जिल्लाका ६ जना नागरिक सम्पर्कविहीन भएका छन्। रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवामा रहेका उनीहरू बाढीपश्चात् परिवार तथा स्थानीय प्रशासनको सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले उनीहरूको नामावलीसहित विवरण सार्वजनिक गरेको हो। जिल्ला प्रशासन कार्यालय कालीकोटले […]