जाजरकोटमा जिप दुर्घटनामा परी २ जनाको मृत्यु

  ।   २० मंसिर २०८१, बिहीबार ०७:५०
फाईल तस्बिर

जाजरकोट । जाजरकोटको नुवागाउँमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो।

दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिनुभयो।

‘दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो,’ डाँगीले भन्नुभयो , ‘अस्पतालका चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन्। चौधरीको उपचार जारी छ।’

चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ । जीप सडकबाट करिब ७ सय फिट तल खसेको प्रहरीले जनाएको छ।

उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्।

Next Post

कर्णालीमा कृषि विकास रणनीति मस्यौदामाथि छलफल

२० मंसिर २०८१, बिहीबार ०७:५०
सुर्खेत । कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि बुधबार छलफल गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको अध्यक्षतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आथित्यतामा छलफल गरिएको हो । उक्त छलफलमा मुख्यमन्त्री कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताए। कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै […]