कर्णालीका क्षेत्रमा वर्षा र हिमपातले चिसो अत्याधिक बढ्यो

  ।   ३ माघ २०८१, बिहीबार १८:०३

कालिकोट । कालिकोट लगाएतका क्षेत्रमा वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । विहबार विहान देखि कालीकोट जिल्लामा भएको वर्षासँगै लेकाली भेकमा हिमपातले जनजीवन प्रभावित समेत भएको छ ।

जिल्लाका लेकाली भेकहरुमा हिमपात र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् ।

वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धौलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, रास्कोटको देउरा, त्रिवेणी, जुविथा, चिल्खाया, छाप्रे, पाँखा र चुलि लगायत लेखका क्षेत्रमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको हो

बिहानैदेखि दैलेख, बाजुरा , कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला, र डोल्पा जिल्लामा समेत भारी हिमपातसँगै वर्षा भइरहेको छ ।

हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ । सुरु भएको वर्षा र हिमपात बिहीबार साझसम्म रोकिएको छैन् ।

Next Post

हिमपातले कर्णाली लोक मार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध

३ माघ २०८१, बिहीबार १८:०३
मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली लोक मार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबार परेको भारी हिमपातले नाग्म–गमगढी सडक अन्तरगत घुच्चिलेगमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकोले […]