दैलेखमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु

  ।   २४ जेष्ठ २०८२, शुक्रबार १५:३८
साकेंतिक तस्बिर

दैलेख । दैलेख जिल्लाको महाबु गाउँपालिका–४ बतासेमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झर्दा चिप्लिएको साथीको बन्दुक पड्किँदा स्थानीय पूर्णबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुकको गोलीले पूर्णबहादुर थापाको छाती र ढाड छेड्दा घटनास्थलै मृत्यु छ ।

Next Post

गरिब,जेहेन्दार तथा अति विपन्न परिवार पाँखा लगाउदै सरकारी कर्मचारीलाई छात्रावृत्ति

२४ जेष्ठ २०८२, शुक्रबार १५:३८
कालिकोट । छात्रावृत्ति अनियमितता भएको भन्दै तिला कर्णाली बहुमुखी क्याम्पसमा प्रेस विज्ञप्ति मार्फत सुझाव सहित सच्चिन चेतावनी दिइएको छ । कालिकोट जिल्लाको एक मात्र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पसमा अनियमितता भएको भन्दै शुक्रबार एक विज्ञप्ति मार्फत समयमै सच्चिन आग्रह गरिएको हो । विज्ञप्तिमा छात्रावृत्तिका लागि गरिब, जेहेन्दार तथा […]