गरिब,जेहेन्दार तथा अति विपन्न परिवार पाँखा लगाउदै सरकारी कर्मचारीलाई छात्रावृत्ति

  ।   २४ जेष्ठ २०८२, शुक्रबार १९:४७

कालिकोट । छात्रावृत्ति अनियमितता भएको भन्दै तिला कर्णाली बहुमुखी क्याम्पसमा प्रेस विज्ञप्ति मार्फत सुझाव सहित सच्चिन चेतावनी दिइएको छ ।
कालिकोट जिल्लाको एक मात्र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पसमा अनियमितता भएको भन्दै शुक्रबार एक विज्ञप्ति मार्फत समयमै सच्चिन आग्रह गरिएको हो ।

विज्ञप्तिमा छात्रावृत्तिका लागि गरिब, जेहेन्दार तथा अति विपन्न परिवारका सदस्यहरूलाई नभइ सरकारी कर्मचारीलाई विनियोजन गरिएको बताइएको छ ।

तेस्तै क्याम्पसमा खानेपानीको चरम अभावका साथै राम्रो शौचालयको व्यवस्थापन पनि छैन। क्याम्पसमा विषयगतका शिक्षक पनि व्यवस्थापन नभएको बताइएको छ । खेलकुद शुल्कका लागि भनेर समेत क्याम्पसले रकम लिने गरेको भएतापनि खेलकुदमा कुनै वातावरण नरहेको ठहर छ। योजनाको रकम भागबण्डा गर्दा स्ववियु निर्वाचित कमिटी एक आपासमा झै झकडा समेत भएको बताईको छ ।

आगामी दिनमा एक आपसमा भएका सहमतका आधार सहित एक आपसमा भण्डाफोर समेत हुँदै आएको बताइएको छ। बारम्बार विद्यार्थीहरूले गैरजिम्मेदारी प्रकट गरेका कारणले यथास्थितिमा शिक्षण कार्य सञ्चालनमा समस्या आएकोले यो विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं । केही आइपर्दा यस विषयमा कार्यको जिम्मेवारी स्वयं क्याम्पस प्रशासन आफै हुने बताइएको छ । शुक्रबार सर्मिला शाही र खेमराज पाण्डेको नेतृत्वमा क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा सामु बुझाइएको हो ।

Next Post

४ वर्ष बितिसक्दा पनि अख्तियारले बिर्सिएको भ्रष्टाचार उजुरी

२४ जेष्ठ २०८२, शुक्रबार १९:४७
सुर्खेत । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका भनिएका भ्रष्टाचारसम्बन्धी उजुरी ४ वर्ष बितिसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छैन। २०७८ सालमा दर्ता गरिएको सो उजुरीमा ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाल र पूर्वभूमि व्यवस्था […]

सम्बन्धित शीर्षक