कर्णालीमा कृषिलाई व्यवसायीकरण गर्न १० बर्से रणनीतिक योजना गर्ने

  ।   २६ पुष २०८१, शुक्रबार १७:१७

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ । कृषिलाई व्यवसायीकरण गर्न १० बर्से रणनीतिक योजना निर्माण गर्न लागिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टीकाराम थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि २०९१/९२ सम्मका लागि १० बर्से कृषि विकास रणनीतिक योजना निर्माण गरिने छ ।

मन्त्रालयका अनुसार अहिले रणनीतिक योजनाको मसौदा तयार भएको छ । मसौदामा कृषिलाई व्यावसायिक बनाउन प्रतिस्पर्धात्मक कृषि प्रणाली, आयात प्रतिस्थापन र कृषिमा औद्योगिकीकरणलाई जोड दिइएको छ । कृषिको दिगो विकासका लागि कृषक संरक्षणमुखी कार्यक्रम ल्याइने, सरकारीस्तरबाट उत्पादन सामग्री र बजार सुनिश्चित गर्ने एवं तिनै तहका सरकारबिच समन्वय गरी कृषि अभियान सञ्चालन गरिने उल्लेख छ ।

अर्गानिक उत्पादनलाई वृद्धि गर्ने लक्ष्यसहित रणनीतिक योजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ । लामो समयदेखि थन्किएको रणनीतिक योजनाको मसौदालाई अन्तिम रूप दिने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । आव २०७८/७९ मा रणनीतिक योजनाको मसौदा बनेको थियो ।

Next Post

महावैमा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्वार

२६ पुष २०८१, शुक्रबार १७:१७
कालिकोट । महावै गाउँपालिकामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । महावै आधारभुत अस्पतालबाट एक महिलाको सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्वार गरिएको हो । महावै गाउँपालिकाको वडा नं. ४ की २३ वर्षीय लालशोभा सिंह थापाको हेलिकप्टर मार्फत उद्धार गरी  प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको छ। आधारभूत अस्पतालमा सुत्केरी हुन नसकेपछि […]