दैलेखको दुल्लुमा चट्याङ खस्दा एक युवकको मृत्यु

  ।   ९ चैत्र २०८१, आईतवार ०९:०८

दैलेख । दुल्लुमा चट्याङ खस्दा एक युवकको मृत्यु भएको छ । चट्याङ खस्दा दुल्लु नगरपालिका–६ का गगन खड्काको मृत्यु भएको हो । शनिवार साँझ गोठ भित्र भैंसी बान्ने क्रममा घर नजिकै चट्याङ खस्दा बेहोस भएका खड्काको उपचारका लागि दुल्लु अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख एवम् वरिष्ठ सई श्याम अर्यालका अनुसार दुल्लु नगरपालिका–६, मेला दैलेख स्थायी ठेगाना भएका १८ वर्षीय खड्का जारी एसइइ परीक्षामा दिन केही दिन अघि मात्रै घर आएका र ‘बस्तुभाउ गोठ भित्र बान्ने क्रममा घर नजिकै चट्याङ खसेछ,’ ‘बेहोस भएका उनको होस् नआएरै उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको बताउनुभयो ।’

Next Post

दाङ घोराहीमा राति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी

९ चैत्र २०८१, आईतवार ०९:०८
दाङ। घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र ट्याङ्कर परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीले […]

सम्बन्धित शीर्षक