कर्णाली करिडोरमा सवारी दुर्घटना, तीन जना घाइते

  ।   ९ पुष २०८२, बुधबार १७:२२

कालिकोट । कर्णाली करिडोर अन्तर्गत कालीकोटको रास्कोट नगरपालिका–भात्तडी क्षेत्रमा यात्री सवार एसएमएल गाडी दुर्घटना भएको छ। बाजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको ०१–००१ ख ०९२४ नम्बरको गाडी आज दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार दुर्घटनामा गाडीमा सवार यात्रुहरूको मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। यद्यपि दुर्घटनामा तीन जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। कर्णाली करिडोरमा सडक साँघुरो र जोखिमपूर्ण भएकाले सवारी चलाउँदा विशेष सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।