कर्णाली करिडोरमा सवारी दुर्घटना, तीन जना घाइते

  ।   ९ पुष २०८२, बुधबार १७:२२

कालिकोट । कर्णाली करिडोर अन्तर्गत कालीकोटको रास्कोट नगरपालिका–भात्तडी क्षेत्रमा यात्री सवार एसएमएल गाडी दुर्घटना भएको छ। बाजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको ०१–००१ ख ०९२४ नम्बरको गाडी आज दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार दुर्घटनामा गाडीमा सवार यात्रुहरूको मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। यद्यपि दुर्घटनामा तीन जना घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। कर्णाली करिडोरमा सडक साँघुरो र जोखिमपूर्ण भएकाले सवारी चलाउँदा विशेष सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।

Next Post

मुगुमा फैलियो इन्फ्लुएन्जा, १७ दिनमा ५ जनाको मृत्यु युवाहरूद्वारा ध्यानाकर्षण पत्र

९ पुष २०८२, बुधबार १७:२२
मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै गएपछि स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आपतकालीन हस्तक्षेपको माग गरेका छन्। स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा गठित युवाहरूको समूहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली मुगु पठाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन्। युवाहरूका अनुसार […]

सम्बन्धित शीर्षक