कालिकोट । कर्णालीमा चाड पर्व लक्ष्यित सुपथ मूल्य पसल बिक्रिविरण सुरु भएका छन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटले असोज ७ गते देखि प्रतिकेजी ५ रुपैयाँ छुटमा सहुलियत चामल बिक्रिविरण सुरु गरेको छ ।
नेपालीहरूको महान चाड विजया(दशमी तथा शुभ दीपावली छठ र माघी पर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटले सहुलियत चामल बिक्रिविरण गर्न प्रमुख जिल्ला अधिकारी गणेश नेपाली द्वारा उद्घाटन गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटका कार्यालय प्रमुख कमलराज पाण्डेका अनुसार जिल्लाको ४ वडा स्थान बाट सहुलियत चामल बिक्रीवितरण भइरहेको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मान्म, डिपो पदमघाट,डिपो खलागाड, डिपो थिर्पु आफ्नो पाएक पर्ने स्थानबाट सुपथ मूल्य पसलबाट चामललिन सकिने पाण्डेले बताउनुभयो ।
नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरि कालिकोटमा १ हजार ५ सय कुईन्टेल चामल सहुलियत मुल्यमा विक्रि वितरण गर्न लागेको शाखा प्रमुख पाण्डेले बताउनुभयो । माघ २ गते सम्म सहुलियत खाद्यान्न विक्रिवितरण गर्ने समय रहेको थप चामल नपुगे ढुवानी गर्ने समेत बताउनुभयो ।
शाखा प्रमुख पाण्डेका अनुसार दशैँ लगत्तै सहुलियत चामल सगै खाने तेल विक्रि वितरण गर्ने लक्ष्य रहेको र सार्वजनिक विदाको दिनबाहेक अन्य दिन सञ्चालन हुने सहुलियत चामल प्रतिव्यक्ती दुई बोरा तथा ५० के जि मात्र पाउने समेत बताउनुभयो ।