कालिकोट सहित ३ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी

  ।   ११ आश्विन २०८१, शुक्रबार ०७:४३
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

काठमाडौँ । गृह मन्त्रालयले कालिकोट सहित तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ । बिहीबार  रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्लामा नयाँ (प्रजिअ) लाई पठाइएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालयका उपसचिव कुल बहादुर जि।सी। रुकुम पश्चिम, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल म्याग्दी र गृहकै उपसचिव नारायण प्रसाद भट्टराईलाई कालिकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै रुकुम पश्चिम का (प्रजिअ) हरिप्रसाद पन्त र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको यसअघि नै सरुवा भएसँगै रिक्त रहेको थियो भने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको थियो ।

 

Next Post

देशभर मनसुनी वायुको प्रभाव सबै प्रदेशमा हल्का देखि मध्यम वर्षा

११ आश्विन २०८१, शुक्रबार ०७:४३
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा भारी वर्षा भइरहेको छ । […]