झरी पर्यो की अवरुद्ध कर्णाली राजमार्ग

  ।   २७ भाद्र २०८१, बिहीबार ०९:१३

कालीकोट । वर्षाका कारणले पहिरो जाँदा फेरी कर्णाली राजमार्ग पुर्ण अवरुद्ध भएको छ । बुधबार बेलुकी बाट परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका- १ को एस मोड र गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सडक सुचारु नहुन्जेल सुर्खेत नेपाल्गजबाट आउने र कालिकोट , जुम्ला मुगुबाट आउने यातायातका साधन थन्किने हुदाँ कालीकोट र अन्य जिल्ला, स्थानमा जाने यात्रु अलपत्र पर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार पहिरो गगने खोलामा भत्किएको छ भने एसमोडमा ढुङगा माटो सहितको पहिरो झरेको छ । चौधरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध समेत गर्नुभएको छ ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबै भन्दा ठुलो पहिरो झरेको गगनेखोलामा मौसम सफा नहुन्जेल आजै सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा नरहेको बताउनुभयो । निरन्तर वर्षा भईरहेको हुदाँ गगनेखोलामा माथिबाट ठुलठुलो पहीरो खस्ने सम्भावना रहेको सो ठाँउमा तत्काल काम गर्ने अवस्था पनि नरहेको बताउनुभयो ।

सोही ठाँउमा बारम्बार पहीरोले सडक अवरुद्ध हुदा यात्रुले सास्ति भोग्नु परेको छ । गत सोमबार पहिरोका कारण अवरुद्ध राजमार्ग ५ दिनपछि संचालनमा आएको थियो ।अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका – १ को गगनेखोला, एसमोड सँगै खाडाचक्र – २ हुल्मवाजर, कालिकोट र दैलेख सिमाना दहिखोला र दैलेखको मालाचौरमा पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो।

Next Post

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि

२७ भाद्र २०८१, बिहीबार ०९:१३
काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको […]