अपडेट

नेफ्स्कुन द्वारा २ दिने जनसम्पर्क तथा बजारिकरण सिप बिकास तालिम सञ्चालन

  ।   १९ बैशाख २०८२, शुक्रबार ०८:०४

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) द्वारा सञ्चालित दुई दिने जनसम्पर्क तथा बजारिकरण सिप बिकास तालिम सुरु भएको छ ।

सञ्चालित दुई दिने जनसम्पर्क तथा बजारिकरण सिप बिकास तालिम कर्णाली प्रदेशको बिरेन्द्रनगर, सुर्खेतमा बैशाख १८ र १९ गते हुने भएको हो ।

नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्रिय (नेप्सकुन ) कार्यक्रमले बजारीकरण र सीप बिकास कार्यक्रम जोडीदा नेपेप्सुलले सहकारीका सेयर सदस्य र कर्मचारी बीच समन्वय , सञ्चालक र सदस्य बिच समन्वय हुने जनाइएको छ । तेस्तै सहकारीलाई सूचना तथा सञ्चार माध्यममा कसरी जोडिने , प्रत्यक्षरुपमा सहकारीका जनचासोका कुरालाई कसरी परिणत गर्ने भन्ने उदस्यका साथ संचालक गरिएको कर्णाली प्रदेश संयोजक वीर बहादुर रावत भोटेले बताउनु भयो ।

संचालित कार्यक्रममा २० वटा सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीतामा सञ्चालन भएको हो । सो कार्यक्रम देश भरिका ७ वटा प्रदेशमा सञ्चालन गरिएको छ । २ दिने तालीमबाट कर्णाली प्रदेशमा रहेका करिब १५ हजार सेयर सदस्य प्रत्यक्षरुपमा लाभान्वित हुने जनाइएको छ।

सञ्चालन कार्यक्रम (नेप्सकुन ) केन्द्रीय सञ्चालक तथा कर्णाली प्रदेश संयोजक बिर बहादुर रावत भोटेको अध्यक्षतामा , राष्ट्रिय सहकारि माहा संघ सञ्चालक हरिहरनाथ योगि प्रमुख अतिथि र फिल्ड कार्यालय उपसमिति सदस्य देबेन्द्र शाहा र जानकि तिमिल्सेना अतिथि , प्रशिक्षक श्याम राजा तिमिल्सेना तेस्तै फिल्ड कार्यालयका ईन्चार्ज मदन कुमार चन्द र पुस्षराज तिमिल्सैनाले सहयोग सहजिकरण गर्नु भएको छ ।

दुई दिने जनसम्पर्क तथा बजारिकरण सिप बिकास कार्यक्रम कर्णाली प्रदेश केन्द्रिय समिति सम्पुर्ण र सहभागी सम्पुर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरि सहभागी सम्पुर्णमा धन्यवाद संयोजक रावतले व्यक्त गर्नु भयो ।

Next Post

जिल्लाका जल्दाबल्दा मागसहित एकीकृत समाजवादि कालिकोटले गरायो सरकारको ध्यानाकर्षण

१९ बैशाख २०८२, शुक्रबार ०८:०४
कालिकोट । नेकपा(एकीकृत समाजवादी) कालिकोटले जिल्लाका अत्यन्तै महत्त्वपूर्ण १७ वटा मागसहित नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीको देशव्यापी तीन महिने संघर्षको कार्यक्रम अन्तर्गत सो पार्टीले शुक्रवार कालिकोटमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष मागसहितको ध्यानाकर्षण पत्र पेश गरेको हो । जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित माग पत्रमामा जिल्लावासीहरुलाई […]