बाढीले पुल भत्काउँदा दश दिनदेखि पठनपाठन बन्द

  ।   १२ भाद्र २०८१, बुधबार ०८:३१

जाजरकोट । बाढीले पुल भत्काउँदा विद्यालयमा विद्यार्थीहरुको पठनपाठन बन्द छ । जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालयमा खोला तर्न नसक्दा विद्यार्थीहरु विगत दश दिनदेखि विद्यालय जान पाएका छैनन ।

विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए । ‘पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ’, उनले भने ।

विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए ।

Next Post

च्याम्पियनसिप फुटबल नेपालले आज बंगलादेशसँग खेल्दै

१२ भाद्र २०८१, बुधबार ०८:३१
काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो […]