भारतमा जिप दुर्घटनामा ७ नेपालीको मृत्यु २ जना घाइते

  ।   २७ चैत्र २०८०, मंगलवार १८:४५

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपाली एकजना भारतीयको मृत्यु भएको छ।दुर्घटना दुई जना नेपाली घाइते भएका हुन ।

सोमबार राति १० बजे दुई सय मिटर तल खसेर जीव दुर्घटनामा परेको हो। घर फर्किंदै गर्दा नेपाली श्रमिकहरु सवार जिप दुर्घटनामा परेका हुन्।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्। दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन्। मृतक र घाइतेको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ।

सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।

जिप चालक लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा नैनीतालकै ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएर जिप भीरबाट खसेको बयान दिएका छन्। मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ।

Next Post

पलाँताकि तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२७ चैत्र २०८०, मंगलवार १८:४५
कालिकोट । जिल्लाको पलाँता गाउँपालिका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भएको छ । थोपा सिंचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले पलाँता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, […]

सम्बन्धित शीर्षक