जनप्रभात माविले इस्कुल बस सेवा सञ्चालन गर्न कठीन रहेको मल्ल भिडीयो

  ।   ९ बैशाख २०८१, आईतवार १८:५९

कालीकोट । जनप्रभात मावि सेरावाडाको विध्यालयले इस्कुल बस सेवा सञ्चालन गर्ने भएको छ । कालीकोटको  खाँडाचक्र नगरपालिका वडा नम्बर ८ मा रहेको विद्यालयलाई भारती दूतावासले बस प्रदान गरेपछि विद्यालयले बस सेवा सञ्चालनमा ल्याउने भएको हो ।

विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले दूतावासले प्रदान गरेको बस काठमाण्डौंबाट ल्याएर आफू कालीकोट आएको बताए। जनप्रभात मावि सेरावाडाको विद्यालयमा सडक जान कर्णाली राजमार्गबाट करिब दुई देखि तिन किलोमिटर सडक पुग्न बाँकि रहेको र सो सडक बनाउन पहल गरेर चाडै बस विद्यालय सम्म पुराउने बताए ।

इस्कुल बस सेवा सञ्चालन गर्न कठीन मल्ल भिडीयो :

विध्यालयले टाढा बाट आउने विद्र्याथिलाई सहज हुनका लागी सहयाृेग पुराउने र जनप्रभात माविका मात्र विद्र्याथी नभई तिलागुफा र खाँडाचक्र नगरपालिका भित्रका अन्य वडाबाट आउने विद्यार्थीलाई बसमार्फत सेवा दिने उहाँको भनाइ छ । बस निरन्तर सञ्चालन गर्न खाँडाचक्र नगरपालिकाबाट सहयोगको माग राख्नेर पालीकाले सहयोग नगरेकोे खण्डमा विद्यालय भन्दा बाहिर चलाउन पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बस ल्याइए पनि बस सञ्चालन गर्न बस स्टाप पाल्न निकै कठीन रहेको मल्लले बताउनुभयो । बस स्टाप पाल्नकै निम्ति तिलागुफा नगरपालिकाको नाग्म देखी खाँडाचक्र नगरपालिकाको हुल्म सम्म बस सञ्चालन गरी सेवा दिने बताए ।

दूतावासमार्फत बस सहयोग पाउने सामुदायिक विद्यालय पहिलो रहेकाृ छ । कालिकोट जिल्लाका कुनै पनि विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छैनन् । निजी विद्यालयले बस सेवा सञ्चालनमा ल्याएपनि कालीकोटमा सरकारी विद्यालय कुनैले पनि बस सेवा सञ्चालन गरेका थिएनन् । सो बसलाई बैशाख ११ गते उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारि रहेको छ ।।

Next Post

कर्णालीमा जोखिम चलाउँछन अटाे, लिदैनन् अनुमति पत्र 

९ बैशाख २०८१, आईतवार १८:५९
कालीकोट / कर्णालीका अधिकांश  जिल्लामा सञ्चालन भएका अटोरिक्साले मनपरी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाे पाईएकाे छ । तीव्र गति, चालकले मदिरा सेवन गर्ने, साँघुरो र अप्ठेरो सडकका कारण जिल्लामा अटोरिक्सा दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरी बरिस्ठ हवल्दार टिकाराम सिग्देलका अनुसार असुरक्षित ओभर टेक तथा ओभर स्पिडका […]

सम्बन्धित शीर्षक