कर्णालीमा जोखिम चलाउँछन अटाे, लिदैनन् अनुमति पत्र 

  ।   ९ बैशाख २०८१, आईतवार १९:०५

कालीकोट / कर्णालीका अधिकांश  जिल्लामा सञ्चालन भएका अटोरिक्साले मनपरी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाे पाईएकाे छ ।

तीव्र गति, चालकले मदिरा सेवन गर्ने, साँघुरो र अप्ठेरो सडकका कारण जिल्लामा अटोरिक्सा दुर्घटना बढ्दै गएको छ ।

ट्राफिक प्रहरी बरिस्ठ हवल्दार टिकाराम सिग्देलका अनुसार असुरक्षित ओभर टेक तथा ओभर स्पिडका कारण पनि कालिकोटमा दुर्घटनाको जाेखिम  रहेकाे  हो ।

वर्षा हुनेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्ड पूरै बिग्रने र  ३ पांग्रे अटो चलाउन जोखिम हुने गर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार २०८० सालमा  अटाे रिक्साबाट १८ वटा दुर्घटना भए भने १८ दुर्घटनाबाट २ जना यात्रुको मृत्यु भएकाे हाे ।

कर्णाली राजमार्गस्थित दैलेखको दैखोलादेखि जुम्लाको सिमाना नाग्म बजारसम्म ७० किमि सडक कालीकोट खण्डमा पर्छ । उक्त खण्डामा स्थानीय रुटमा गाडी नचल्दा अटोरिक्साकै भर रहेको खाडाचक्र–३ ताडिका कमलराज पाण्डेकाे भनाइ छ । पाण्डे खाँडाचक्र -३ का भएतापनि ब्यवसायका लागि खाँडाचक्र -५ तेस्राे बजार बस्दै आएका छन् र उनलाई दैनिक आवतजावत गर्न अटाेरिक्साकाे नै भर पर्नु पर्ने बाध्यता रहेकाे छ भने तर स्थानीय सरकारले कार्यविधि नबनाउँदा जथाभावी बढेको उनले बताए ।

‘न कुनै निकायमा दर्ता छन् न चालकको लाइसेन्स नै छ,’ उनले भने, ‘अटोलाई व्यवस्थित गर्न सके यात्रा सहज र सुरक्षित हुने थियो ।’ खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रबलजंग शाहीले १ बर्ष पहिले नै खाँडाचक्र नगरपालिकामा केही दर्ता छन र  बाँकीको दर्ताका लागि कार्यविधि बनाउन लागिएको बताएताका थिए भने अहिले खाँडाचक्र नगरपालिका प्रशासन प्रमुख अबिराज शाहीका अनुसार ८-९ वटा अटाेरिक्सा मात्र दर्ता भएका र बाँकिलाई बारम्बार बाेलाउँदा पनि अटाेरिक्सा चालक हरु नआई अटेर गरेका छन् अब फेरि सुचना निकाल्ने तयारी भैरहेकाे छ ।

चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने, सवारीसाधन दर्ता गर्नुपर्ने, अटोरिक्सा चालक र यात्रुको बिमा गर्नुपर्ने, ब्लुबुकमा उल्लेख भएअनुसार मात्र यात्रु ओसारपसार गर्न पाउनेलगायत निर्णय एक बर्ष पहिले नै जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले गरिएतापनि अँझै ती निर्णय कार्यन्वयनमा भने ल्याउन नगरपालिकाले साथ नदिदा कठिन भएकाे ट्राफिक प्रहरी बरिस्ठ हवल्दार टिकाराम सिग्देल बताउनु भएकाे हुन्छ।

जिल्लाभरि सञ्चालन भएका १२ जना चालककाे अनुमति पत्र भने छैन ।

जिल्लाभरि झन्डै २९ अटोरिक्सा सञ्चालन रहेको पाइए पनि स्थानीय तहमा दर्ता भएका छैनन् ।

चालकले भने तेलको मूल्य बढे पनि भाडा दर नबढेको गुनासो गर्छन् । शान्नित्रिवेणि–३ घर भई हाल मान्ममा बस्दै आएका अटो व्यवसायी नारायण प्रसाद देवकाेटाले पेट्राेल प्रतिलिटर २ सय रुपैयाँ पर्छ तर भाडादर २ वर्षअघिकै भएको गुनासो गरे । उनका अनुसार खाडाचक्र–६ मोल्फामा मात्र १९ वटा अटो सञ्चालनमा छन् । अटो खरिद गरेर सबै ठाउँमा लाग्ने कर बुझाउँदा ७ लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

 

Next Post

सरकारले वैशाख ११ भोलि सार्वजनिक बिदा दिने

९ बैशाख २०८१, आईतवार १९:०५
काठमाडौँ । भोलि मङ्गलबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा […]