त्रिशूलीमा दुईवटा बस र सवार यात्रुको खोजीमा जुट्यो भारतीय टोली

  ।   ६ श्रावण २०८१, आईतवार १३:०७

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडिआरएफ० को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रा बताउनुभयो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये ३ जना बाँच्न सफल भएका थिए, ६२ जना बेपत्ता हुन् । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । फेला परेको मध्ये १७ शवको सनाखत भएको छ ।

अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट टोली आएको हो ।

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दुईतिहाइ सांसदको भोट

६ श्रावण २०८१, आईतवार १३:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका छन् । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे […]