प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दुईतिहाइ सांसदको भोट

  ।   ६ श्रावण २०८१, आईतवार २१:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका छन् ।

विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिएका हुन् ।

Next Post

आजको मौसम मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ

६ श्रावण २०८१, आईतवार २१:५२
काठमाडौँ । हाल मौसमको अवस्था देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का […]

सम्बन्धित शीर्षक