सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेत शाखाको ७औं जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ । जिल्लाको सातौं अधिवेशनमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।
प्रेस चौतारी नेपाल सुर्खेतको ७औं अधिवेशनबाट अध्यक्षमा मुना हमाल निर्विरोध चयन भएकि छन ।
अध्यक्ष हमालको नेतृत्वमा नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा महिलातर्फ चन्द्रा कँडेल चयन भएकि छन् ।
यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेज बहादुर रोकाय कोषाध्यक्षमा नबराज रोकाय चयन भएका छन् । सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।