आगलागीबाट दुईतले घर पूर्णरूपमा जलेर नष्ट

  ।   १४ चैत्र २०८२, शनिबार ०८:२५

सल्यान । कपुरकोट गाउँपालिका–५ मा गएराति भएको भीषण आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय डिलबहादुर विकको खरले छाएको दुईतले घर आगलागीका कारण पूर्ण रूपमा ध्वस्त भएको हो। आगलागी रातिको समयमा भएकोले प्रारम्भिक अवस्थामा नियन्त्रण गर्न कठिन भएको स्थानीयले बताएका छन्।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। “राति भएकाले तत्कालै आगो नियन्त्रण गर्न समस्या भयो, करिब चार घण्टापछि मात्र आगो निभाउन सकियो,” उनले बताए।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानको टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ। प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन र अनुसन्धान जारी रहेको छ।

स्थानीय बासिन्दाले आगलागीबाट ठूलो क्षति भएको भन्दै पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताएका छन्।

Next Post

कर्णाली प्रदेशमा नवप्रवर्तन कोषबाट सात पालिकालाई करोडौँ सहयोग

१४ चैत्र २०८२, शनिबार ०८:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहमा प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यसहित नवप्रवर्तन साझेदारी कोषमार्फत सात वटा पालिकालाई कुल ३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न नवप्रवर्तनमुखी परियोजनामा लगानी गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता […]

सम्बन्धित शीर्षक