पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

  ।   २३ भाद्र २०८१, आईतवार १६:००

कालीकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग संचालनमा आएको छ । राजमार्गको कालीकोट खण्डको गगनेखोला र यसमोडमा आएको पहिरोले अवरुद्ध सडक सुचारु भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले सडक राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेको बताउनुभयो ।

शनिबार राति परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ को एसमोड र गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सडक सुचारु नहुन्जेल सुर्खेत नेपाल्गजबाट आउने र कालिकोट , जुम्ला मुगुबाट आउने तायातका साधन गगनेखोलामै थन्किने हुदाँ कालीकोट र अन्य जिल्ला, स्थानमा जाने यात्रु अलपत्र परेका थिय ।

कर्णाली राजमार्ग तथा नाग्म गमगडि राजमार्गका लागि विशेष बजेटका लागि सरकारको ध्यान आकर्षण समेत हुदै आएको छ । एकतर्फि गाडि पास गर्न लागि बाटो खुलेपनि सड्क दिर्घकालिन मर्मत तथा स्तरबृद्धि गर्न आवश्यक छ ।

Next Post

कर्मचारी खाजा खाने समय ३० मिनेट कायम

२३ भाद्र २०८१, आईतवार १६:००
काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानुपर्छ, तर खाजा […]

सम्बन्धित शीर्षक