काठमाडौं । बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु कप कबड्डि फाईनलमा प्रवेश गरेको छ ।
आईतवार बेलुका ५ बजे केन्य संगको प्रतिस्पर्धामा निर्धारित समयमा ५०-५० अङ्कले खेल बराबर हुँदा पेनाल्टी द्धारा ५७ का बिरुद्ध ५९ अङ्कले केन्यलाई पछि पार्दै नेपाल फाईनल प्रवेश गरेको अखिल नेपाल कबड्डि संघ नेपालका सचिव तर्कराज भट्टले बताउनुभएको छ ।
अब उपाधिका लागि नेपालले बङ्गलादेश संग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेलमा नेपालका कप्तान घनश्याम रोका मगर म्यान अफ द म्याच घोषित भए ।
सेमिफाइनल खेल सहित नेपालले ५ वटा खेल खेल्यो ५ वटै खेलमन कप्तान घनश्यामले म्यान अफ द म्याच पाएका छन् । उनले १५ हजार टाका नगद पुरस्कार समेत पाएका छन् ।