कालीकोट । कालिकोटमा करिब एक सय दशमलव १९ प्रतिशत बालबालिकालाई आईपिभि रोग विरुद्धकोे खोप लगाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोट जिल्लाका नौं वटै पालीकामा जेठ १३ गतेबाट संचालन गरेको खोप अभियान बाट ७ हजार ३ सय ५७ जना बालबालिकाले खोप लगाएका छन् ।
जिल्लाको खाँडाचक्र नगरपालिकामा १ हजार ७, तिलागुफा नगरपालिकामा ८ सय २३, ,रास्कोट नगरपालिकामा ९ सय ९४ , पलाता गाउँपालिकामा ९ सय ९४,पचालझरना गाउँपालिकामा ५ सय ९७,सान्नी त्रिवेणी गाउँपालिकामा ८ सय ५०,नरहरीनाथ गाउँपालिकामा १ हजार ४२, शुभकालिका गाउँपालिकामा ५ सय ९९ र महाबै गाउँपालिकामा ४ सय ५१ गरी जम्मा ७ हजार ३ सय ५७ जना बालबालिकालाई आईपिभि रोग विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
उहाँका अनुसार पाँच वर्षमुनिका बालबालिका जसको प्रतिरोध क्षमता शक्तिको राम्रो विकास भइसकेको हुँदैन तिनमा पोलियोको जोखिम बढी हुन्छ । पोलियो लागेमा पक्षघातसम्मको गम्भीर जोखिम हुनेहुँदा यस्लाई समयमै निमूल गर्नेका लागी अभियानले राम्रो प्रतिफल दिने समेत उहाँले बताउनु भएको छ ।