कालिकोट — जिल्लाको सुभकालिका गाउँपालिका–३ निवासी २० वर्षीया सुशिला शाही हाल गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। तीन महिने गर्भवती रहेकी उनको स्वास्थ्यमा जटिल अवस्था देखिएपछि सुरुमा कालिकोट जिल्ला अस्पताल, त्यसपछि प्रादेशिक अस्पताल सुर्खेत हुँदै हाल कोहलपुर मेडिकल कलेज, बाँके (बाह्रबिघा) मा उपचार भइरहेको परिवारले जनाएको छ।
चिकित्सकका अनुसार सुशिलाको पेटमा रगत जमेको, आन्द्रा बटारिएर चुडिएको तथा एपेन्डिसाइटिससमेत भएको जटिल समस्या देखिएको छ। हाल उनको अवस्था गम्भीर रहेकाले आइसियु (ICU) मा राखेर उपचार भइरहेको बताइएको छ।
अस्पताल स्रोतका अनुसार उनको उपचारमा करिब ९ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन निकै कठिनाइ भएको छ।
यसै कारण देश तथा विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरूलाई मानवताको नाताले सक्दो आर्थिक सहयोग गरिदिन परिवारले भावुक अपिल गरेको छ।
सहयोगका लागि बैंक विवरण;
खातावालाको नामस् दुर्ग बहादुर शाही ९बिरामीका ससुरा०
खाता नं 08707010093569
बैंक : Global bank
सम्पर्क नं ९८४८३९९१७७
सहयोग गर्ने सहयोगीहरूको विवरण सार्वजनिक गरिने जानकारी दुर्ग बहादुर शाहीले दिएका छन्।
सानो सहयोगले पनि एक जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ। मानवताको भावनासहित सक्दो सहयोग गरौँ।






