अपडेट

काँक्रेविहार वन संरक्षणका लागि तीनवटा समिति गठन, कामलाई तीव्रता दिन मन्त्रीको निर्देशन

  ।   २७ आश्विन २०८३, मंगलवार १९:४२

सुर्खेत । काँक्रेविहार वन संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डिभिजन वन कार्यालय सुर्खेतमा भएको बैठकले तीनवटा संरचना गठन गरेको छ। बैठकले २१ सदस्यीय परिषद् जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको नेतृत्वमा वन संरक्षण परिषद् , वीरेन्द्रनगर नगर प्रमुखको नेतृत्वमा ११ सदस्यीय व्यवस्थापन समिति र डिभिजन वन कार्यालय अधिकृतको नेतृत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको विवरण प्राप्त भएको छ।

बैठकपछि मन्त्रीले गठित परिषद्का पदाधिकारीलाई बधाई दिँदै वन संरक्षणसम्बन्धी कामलाई तीव्रता दिन निर्देशन दिएकी छन्। उनले काँक्रेविहार वन संरक्षण परिषद्को प्रवर्द्धन, वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन र कामलाई व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरेकी छन्।

जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको नेतृत्वमा रहेको परिषद्ले सम्बन्धित निकायबीच समन्वय गर्दै वन संरक्षण र व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बिश्वास रहेको मन्त्री खड्काले बताईन ।

काँक्रेविहारको जैविक विविधता, वन्यजन्तुको बासस्थान र प्राकृतिक सम्पदाको संरक्षणसँगै क्षेत्रको दिगो व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनमा गठित समितिहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको डिभिजन वन कार्यलय प्रमुख ले बताए  ।