काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ।
बुधबार बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो ।
बाँकी रहेका चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
हालको सम्मको सहमति अनुसार अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना बढेको छ। गृह रास्वपा सभापति रवि लामिछानेले पाउने करिब निश्चित भएको छ । भने अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना बढेको छ।