धावनमार्ग मर्मत पूरा पछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन

  ।   ९ बैशाख २०८१, आईतवार १७:००

कालिकोट। धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

मूल्य अभिवृद्धि करसहित ६ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभएको छ । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

यो डोल्पाको एकमात्र जुफाल विमानस्थल हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए ।

Next Post

इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघे

९ बैशाख २०८१, आईतवार १७:००
काठमाडौं। गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरेली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरेल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ […]