इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघे

  ।   ९ बैशाख २०८१, आईतवार १७:११

काठमाडौं। गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा इजरेली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरेल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।

इजरेली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतङ्कवादी लाई हवाई हमला मार्फत मारेको इजरेलले जनाएको छ ।

Next Post

रुकुम पश्चिम आगलागीमा परेर एक वृद्धाको मृत्यु

९ बैशाख २०८१, आईतवार १७:११
सुर्खेत। रुकुम पश्चिम आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। आइतबार दिउँसो बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो। बाँफिकोट गाउँपालिका ३ का वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको […]

सम्बन्धित शीर्षक