नदि किनारमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला

  ।   ३ असार २०८३, बुधबार ०९:४९

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिका–१ टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार कसेरा असार २ गते बिहान करिब ७ बजे ‘भान्जीको घर जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। तर उनी भान्जीको घरमा नपुगेपछि परिवारजन तथा आफन्तहरूले खोजी कार्य सुरु गरेका थिए।

खोजतलासका क्रममा उनको शव लेकबेसी–१ चिप्लेस्थित भेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लेकफर्साबाट प्रहरी सहायक निरीक्षक विवेक खनालको नेतृत्वमा ३ जना तथा इलाका प्रहरी कार्यालय छिन्चु बाट प्रहरी निरीक्षक प्रकाश के।सी।को नेतृत्वमा ७ जनासहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले शवको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।