अपडेट

एक आमाको कोख रित्तियो :जवान संचारकर्मी छोराले ज्यान गुमाए

  ।   १५ चैत्र २०८१, शुक्रबार २०:३६

खै कस्ले के पायो,खै कस्ले के गुमायो !!
खै आज कस्ले हार्यो,खै आज कस्ले जित्यो त्यो त थाहा भयन, आज एक आमाको कोख रित्तियको छ ,एक जवान संचारकर्मी छोराले ज्यान गुमायका छ्न ।

सधै हाम्रो धन जन को,आम नागरिक को,रास्ट्र को सुरक्षामा खटिरहने ती सुरक्षाकर्मी छोराहरु मरणासन्न हुने गरि कुटियका छ्न । सक्त घाइते भयका छ्न,व्यापारी हरुको सामान लुटियको छ,उद्योगमा आगजनी गरियको छ, कति मेहनताका साथ बनाइएका सपनाका घरहरु छिन भरमै जलेर नस्ट भयका छ्न,कलाकार खानामा काम गर्ने महिला दिउसै बलात्कारको सिकार भयकी छ्न।

हो हामी आज कस्तो ब्याब्स्था कस्को शासन को लागि यो आन्दोलन गर्दैछौ।

हामी त्यत्रो दस बर्ष आन्दोलन बाट अझै चेतेनौ र,थुप्रै आमा का कोख रित्तियका,थुप्रै नेपाली दाजु भाइ बेपत्ता भयका, थुप्रै किसिमका मानशिक सारिरिक यातना बाट चेतेनौ र अझ हामी कस्तो खाल को हिंसा रोज्दै छौं,जनयुद्ध को खाटो राम्रो सङ्ह सन्चो नहुदै अर्को खाटो राख्ने किन पर्यत्न हुदैछ आज यो शान्ति का अग्रदुत बुद्ध को भुमि मा, कस्को स्वार्थ का लागि फेरि हामी दाजु भाइ एकआपसमा लड्दै छौ।

हामी सबै को एउटै स्वार्थ होस नेपाली भुमीको रक्षा, नेपाली जनताको रक्षा, हामी सबैको स्वार्थ हामी सबै नेपाली समृद्धि हुने सकल्पका साथ सबैको मनमा शान्ती आयोस सुभकामना ।

लेखक :🖋️🖋️🇳🇵

हरि प्रसाद पाण्डे
खाँडाचक्र नगरपालिका – ३ कालिकोट

Next Post

तिला कर्णाली स्ववियु निर्वाचनमा कसले मार्ला बाजी ?

१५ चैत्र २०८१, शुक्रबार २०:३६
कालिकोट ।भोलि चैत १८ गते हुने स्ववियु निर्वाचनका लागि तिला कर्णाली बहुमुखी क्याम्पस, ताडिमा स्ववियु निर्वाचनमा सभापतिमा ३ जना बीच प्रतिस्पर्धा हुने भएको छ । कालिकोट जिल्लाको एक मात्र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत तिला कर्णाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दिपा शाही अनेरास्ववियु,हिक्मत सिंह अखिल क्रान्तिकारी र सर्मिला शाही […]